
गाईघाट/जेठ २१। शुक्रबार दिउसोदेखि एक बालक सम्पर्क विहिन भएको छ ।
सम्पर्क विहिन हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ लक्ष्मीपुर निवासी रोहित कटवालका १३ वषीय छोरा रविन कटवाल रहेका हन् ।
शुक्रबार विद्यालयबाट छुट्टी भएपछि घर पुगेका उनी एक्कासी सम्पर्कमा नआएको उनका दिदी उर्मिला खड्काले बताइन् ।
उनले भनिन्,“विद्यालयबाट आएछन् घरमा कितावहरु राखेर स्कुल पोषाकमै अन्य लुगा बोकेर वेपत्ता भएका छन् । आजसम्म घर नआएकोले जिल्ला प्रहरी कार्यालय गाईघाटमा पनि खोजतलासको लागि उजुरी दिएका छौं ।”
सम्पर्क विहिन भएका रविन गत वर्षको कक्षा ८ को परीक्षामा अनुउत्तिर्ण भएको र उनले चलाइरहेको मोवायलको समेत डिस्प्ले विग्रेकोले तनावमा भएर गएका हुन सक्ने उनको दिदी उर्मिलाले बताइन् ।
भाइ हराएकोले चिन्तामा रहेका दिदिले ९८०४७०२६९४ मा सम्पर्र्क गर्न या कही कतै सकैले देखे भेटेमा नजिकैको प्रहरी चौकीमा सम्पर्क गर्न दिदि उर्मिलाले अनुरोध गरेका छन् ।
