Thursday, June 18News That Matters

उदयपुरमा तिन दिने मल्टिमिडिया तालिम सम्पन्न

पूर्णपुष्टि, जेष्ठ २२ । उदयपुरको बेलका नगरपालिका ८ सोमबारे स्थित बेलका बिच रिसोर्टमा भएको तिन दिने मल्टिमिडिया तालिम आईतबार सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजना र आन्तरीक मामिला तथा सुरक्षा मन्त्रालयको सहयोगमा शुक्रबारबाट पत्रकारहरुलाई क्षमता अभिवृद्धिको लागी दिईएको तिन दिने मल्टिमिडिया तालिम सम्पन्न भएको हो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य भिषण राईले प्रशिक्षण गर्नुभएको तालिममा कोशी प्रदेशको सात जिल्लाको २९ जना पत्रकारहरुको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत नारायण भन्डारीले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागी सक्ने जति सहयोग गर्दै आएको र आगामी दिनमा मन्त्रालयबाट सकिने जति सहयोग गर्ने बताउनुभयो । उहाँले यस तालिमले पत्रकारहरुको क्षमता विकास हुनेमा बिस्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका उपाध्यक्ष हेम चेम्जोङले पत्रकारीता पेशा जोखिमपुर्ण रहेको बताउनु भयो । यस क्षेत्रमा पुरुष भन्दा बढी महिला असुक्षीत अवस्थामा रहेको र महिलामाथि सोसल हेरेस्टमेन्ट भईरहेको चेम्जोङले बताईन् । पत्रकारहरु पहिला आफु स्वस्थ र सुरक्षित भएमा मात्रै सर्वसाधरण माझ सत्यतथ्य समाचार सम्प्रेषण गर्न सकिने उहाँको भनाई छ ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सचिव देवेन्द कार्कीले तिन दिनको सिकाई उपलब्धि मुलक रहोस भन्दै शुभकामना दिनुभयो । पत्रकारहरुले आफुमा आत्म विश्वास बढाउन सके मात्र यस पेशा क्षेत्रमा अघि बढ्न सकिने बताउनु भयो ।