Thursday, June 18News That Matters

इब्राहिमोभिचले क्लब फुटबलबाट लिए सन्यास

पूर्णपुष्टि, जेष्ठ २२। एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले क्लब फुटबलबाट सन्यास लिएका छन् । सिरी ए को अन्तिम खेलपछि ४१ बर्षीय स्विडिस खेलाडी इब्राहिमोभिचले सन्यासको घोषणा गरेका हुन् । उनले यसअघि नै एसी मिलान छाड्ने घोषणा गरिसकेका छन् ।

अन्तिम खेलपछि उनले मिलानबाट आफूले धेरै माया पाएको भन्दै धन्यवाद व्यक्त गरे । ‘मेरो लागि अहिले धेरै भावनाहरू छन् । फोर्जा मिलान र गुडबाइ,’ इब्राहिमोभिचले भावुक हुँदै भने, ‘पहिलो पल्ट म यहाँ आउँदा तपाईंहरुले मलाई खुशी दिनुभयो, दोस्रो पटक माया । तपाईंले मलाई खुल्ला हातले स्वागत गर्नुभयो । तपाईले मलाई घरमा महसुस गराउनुभयो । म मेरो बाँकी जीवनको लागि मिलानिस्टा हुनेछु ।’

‘मैले फुटबललाई गुडबाइ भनेको हुँ, तपाईंहरूलाई होइन, ‘उनले भन’े ‘जब पत्रकारले मेरो भविष्यको बारेमा सोध्थे म डराउँने गर्थे । तर अहिले म अहिले स्वीकार्न सक्छु, म तयार छु ।

पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र दुवै मिलान क्लबबाट खेलेका उनले क्लब फुटबलमा ५११ गोल गरेका छन् । उनले नेरदल्याण्ड्स, इटली, स्पेन र फ्रान्स गरी चार देशहरूमा लिग उपाधि जितेका थिए ।

इब्राहिमोभिचले १४ लिग उपाधिसहित करियरमा कुल ३४ ट्रफीहरु जितेका छन् भने क्लब फुटबलमा च्याम्पियन लिगको उपाधि जितेका छैनन् । उनी ११ पटक बालोन डी’ओरका लागि मनोनित भएका थिए ।

उनले २०१६ को युरोपछि राििष्ट्रय टिमबाट सन्यास लिएका थिए भने सन् २०१७ मा उनले म्यानचेष्टर युनाइटेडबाट युरोपा लिगको उपाधि जिते । उनि २०२१ मा फेरि राष्ट्रिय टिममा पर्किएका थिए भने विश्वकपमा छनोट हुन सकेनन् ।