Thursday, June 18News That Matters

सिकारीले चलाएको गोलीले लाग्दा किशोरीको मृत्यु

पूर्णपुष्टि, जेष्ठ २२ । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका ५ रुप्सामा एक स्थानिय सिकारीले गोली चलाउदा १७ बर्षीय यलिसा सहकारीकोे मृत्यु भएको छ । गत जेष्ठ १९ गते स्थानिय सिकारीले ढुकुरलाई बन्दुकले हान्दा मकै गोडिरहेकी सरहारीलाई लाग्दा घाईते भएकी थिईन् ।

घाईतेलाई प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचारको लागी लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको उनको उपचारको क्रममा आईतबार मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले जानकारी दिए । कक्षा १० मा अध्ययनरत मृतक सहकारीको आईतबार नै पोष्टमार्टम गरी सुर्खेतको गिरीघाटमा अन्त्येष्टि गरिएको छ ।

घटना कसरी भएको भन्ने बारेमा बुझ्ने प्रयास भईरहेको र गोली लागेको खबर पाएपछि घटना स्थलतर्फ आफुहरु जादैँ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शुभराज बमले जानकारी दिए । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।