
पूर्णपुष्टि, जेष्ठ २२ । आज विश्वव्यापी रुपमा विश्व वातावरण दिवस मनाईदैछ । हरेक वर्षको जुन महिनाको ५ तारिखमा मनाईने यो दिवस यस वर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नारका साथ नेपालमा मनाईदैँछ ।
विश्वभरिमा हरेक वर्ष ४०० बिलियन टन प्लास्टिकहरू उत्पादन हुने गरेको मध्ये ५० प्रतिशत केवल एक पटक मात्र प्रयोग गर्न सकिने भएकोले प्लास्टिक प्रदूषणले विश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ ।
१९७२ जुन १६ मा संयुक्त राष्ट्र संघले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बनेपछि १९७३ जुन ५ मा पहिलो पटक विश्व वातावरण दिवस मनाईएको थियो । त्यसयता हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाईने गरिन्छ ।
