
पूणर्पुष्टि, असार, २३
बालकलाई ढुङगा प्रहार गरी घम्भिर घाईते बनाएका एक वकिललाई उदयपुरमा पक्राउ गरिएको छ ।
त्रियुगा नगरपालिका वडा नं १२ स्थित ७ बर्षिय बालकलाई ढुङगा प्रहार गरी घाइते बनाउने कानुनी व्यवसायी इन्द्र बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
घाईते बालकलाई बिराटनगर स्थित न्युरो हस्पिटलमा आइसियुमा राखेर उपचार गरिरहेको छ । तामाङले आफ्नै छिमेकमा रहेका ७ वर्षीय नाबालक आयन लिम्बूको टाउको फुटाएर गम्भिर घाईते बनाएका छन ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी प्रमुख भिम प्रसाद दाहलाका अनुसार प्रारम्भिक जानकारीका आधारमा आरोपित तामाङलाई अनुसन्धानका लागि घट्नास्थलबाट तत्कालै नियन्त्रणमा लिइ हिरासतमा राखीएको जनाएको छ ।
बिरामीका आफन्तहरुका अनुसार बालकलाई ठुलो चोट लागेको देखिएको जनाएको छ । उनको टाउकोको हड्डी दबिएको देखिएको छ भने टाउकोमा ६ वटा टाका लगाइएको छ । आरोपित वकिल तामाङले बालबालिका सम्वन्धी ऐन २०७५ को दफा ६६ को उपदफा (घ) र (ङ) विरुद्धको कसुर गरेका देखिन्छन् ।
तामाङलाई अनुसन्धान गरी दोषि पाइएमा आवश्यक अनुरुप थप काम कार्वाहिलाई अगाडी बढाउने प्रहरीले जनाएको छ ।
