
पूर्णपुष्टि, भदौ ७
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले १२ वर्षमाथिका बालबालिकाबाट कोरोना भाइरस फैलन सक्ने भन्दै मास्क लगाउनुपर्ने नियम जारी गरेको छ ।
१२ वर्षभन्दा माथिका बालबालिका तथा किशोरकिशोरीले वयस्क व्यक्तिले जस्तै मास्क लगाउनु पर्ने डब्ल्यूएचओले जनाएको छ ।
यसअघि किशोर अवस्थाका व्यक्ति कोरोना भाइरसको संक्रमण कम फैलने देखिए पनि अहिले किशोर अवस्थाका व्यक्तिबाट वयस्कबाट जस्तै संक्रमण फैलने पाइएकाले मास्क अनिवार्य लगाउन गर्न डब्ल्युएचओले सुझाव दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
डब्ल्यूएचओले ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाउन र ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन भनेको छ ।
कोरोना भाइरसका कारण विश्वमा दुई करोड ३३ लाख ८० हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् भने आठ लाख नौ हजार जनाको मृत्यु भईसकेको छ ।
