
पूर्णपुष्टि, जेठ ९ गते ।
लिम्चुङ्बुङको बालिकालाई जबर जस्ति करणी गर्न खोज्ने एक युवा पक्राउ परेको छ ।
लिम्चुङ्बुङ गाउँपालिका–२ का १३ वर्षीया बालिकालाई गत बैशाख ३१ गते जंगलमा बाख्रा चराउन गएको मौका छोपी जबरजस्ति करणी गर्न खोज्ने स्थानीय १८ वर्षीय अभिषेक खत्री पक्राउ परेको प्रहरीले जनाएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयमा खत्रीले जबरजस्ती करणी गर्न खोजेको भन्दै पिडितको अभिभावकले जहेरी दिएपछि तत्काल प्रहरी टोली खटी गई उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । खत्रीलाइ जिप्रकामा ल्याई आवश्यक थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
