Monday, April 20News That Matters

बालिकामाथि जबरजस्ति करणी गरी फरार भएका युवक पक्राउ

पूर्णपुष्टि, बैशाख १९ । जबरजस्ति करणी मुद्धाका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्जु गाउँपालिका–१ का २६ बर्षीय प्रेम बहादुर गुरुङ रहेका छन् ।

२०७९ असार महिनामा १० बर्षीया बालिकालाई जबरजस्ति करणी गरी घटनास्थलबाट नै फरार रहेका गुरुङलाई ईलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको हो । गुरुङलाई यही बैशाख १४ गते दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका गुरुङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहवीबाट थप अनुसन्धान भईरहेको छ ।