
पूर्णपुष्टि, जेठ २९ गते ।
आज बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन भएको छ । कोरोना नियन्त्रणको लागि सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग राख्दै सरकारविरुद्ध प्रदर्शन भएको हो ।
सरकारले खर्चको विवरण भन्दा उपलब्धि देखाउनु पर्ने प्रदर्शनकारीले माग गरेका छन् । प्रदर्शनकारीहरुले ‘खै, खै, खै के उपलब्धि भयो ?, सरकारको पाराले दुःख पायो साराले, एकादेशको १० अर्बको कथा कठै मेरो देशको व्यथा, खर्च हैन उपलब्धि देखाउ, एक दुई तीन चार बन्द गर भ्रष्टाचार’, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।
सरकारले कोरोना रोकथामको लागि १० अर्ब रुपैयाँ खर्च भइसकेको बताएपछि सदनदेखि सडकसम्म कहाँ–कति खर्च भयो भनेर पारदर्शी हिसाब देखाउन सरकारसँग आग्रह गर्दै आइरको छन् ।
