Wednesday, June 17News That Matters

बिजुली किन्ने बाटो खुल्यो, बेच्ने विषय अलमल

बैशाख २ 

भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गरी आयात गर्न नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएको छ ।

भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेञ्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्न सक्ने गरी स्वीकृति दिइएको जानकारी हिजो प्राधिकरणलाई दिएको जनाएको छ ।

अब प्राधिकरण भारतीय पावर एक्सचेञ्ज मार्केटको सदस्य बनेको विद्युत प्राधिकरणले जाएको छ । अब कसैको हस्तक्षेपबिना बजारले निर्धारण गरेको प्रतिस्पर्धी दरमा आवश्यकताअनुसार विद्युत खरिद गर्न सकिने छ । ऊर्जा एक्सचेञ्ज मार्केटमा नेपालले पहुँच पाएकाले भारत हुँदै बंगलादेशसम्मको विद्युत व्यापारका लागि अर्को स्टेपसमेत खुल्ला भएको प्राधिकरणले जनाएको छ ।

भारतीय ऊर्जा बजारमा विद्युत खरिद र बिक्रीका लागि प्रस्ताव गरेकोमा खरिदको स्वीकृति पाए पनि बिक्रीका लागि माग भएको थप आवश्यक कागजात पठाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको विद्युत बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाएको छ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी र ४५ मेगावाटको भोटेकोशी आयोजनाको विद्युत बर्खाको समयमा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव गरिएको जनाईएको छ ।

‘सुख्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको विद्युत उत्पादन उल्लेख्य मात्रामा घटेकाले विद्युत माग र आपूर्तिको व्यवस्थापनमा चाप परेको छ । भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गर्न स्वीकृति पाएकाले तत्काल झण्डै ३० मेगावाट खरिदको प्रक्रिया अगाडि बढाएका प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म एनटीपीसी विद्युत निगम लिमिटेड(एनभीभीएन), पावर ट्रेड कम्पनी (पीटीसी) र बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्य सरकारका वितरण कम्पनीहरुसँग विद्युत खरिद गर्दै आएको छ ।