Thursday, June 4News That Matters

बिजुलीको हाइटेन्ट तारबाट करेन्ट लाग्दा टिपर चालकको मृत्यु

पूर्णपुष्टि, चैत २३ गते ।
झापामा बिजुलीको हाइटेन्ट तारबाट करेन्ट लाग्दा एक जना टिपर चालकको ज्यान गएको छ । धनुषा हल्दिवारी गाउँपालिका– ५ का विकास तामाङको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
टिपरबाट निर्माण सामाग्री झार्ने क्रममा सडक किनारमा रहेको हाइटेन्सन बिजुलीको तारमा ठोक्किँदा उनी बेहोस भएका थिए । तामाङलाई बिएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनी कञ्चन निर्माण सेवा कम्पनीको बा १ प–७७४७ नम्बर टिपर चालक थिए ।