
पूर्णपुष्टि, २५ साउन ।
रक्तदान जीवन दान भन्ने मुल नाराका साथ प्राधिकरणको ३९ औं बार्षिकोत्सबको अबसरमा गनेपाल बिधुत प्राधिकरण उदयपुर बितरण केन्द्रको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त रक्तदान कार्यक्रमको अध्यक्षता केन्द्र प्रमुख बिजयबाबु हुनुहुन्थ्यो भने प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटीका सभापती मदन कटुवाल हुनुहुन्थ्यो ।
नेपाल बिधुत प्राधिकरणले केही बर्ष देखि उज्यालो नेपाल अभियानलाई सफल पार्ने उदेश्य संगै विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।विभिन्न रचनात्मक कार्यक्रमहरु मध्ये नेपाल बिधुत प्राधिकरण उदयपुर बितरण केन्द्रले आज पहिलो पटक रक्तदान कार्यक्रम गरेको हो ।
उक्त रक्तदान कार्यक्रममा प्राधिकरणका कर्मचारी ,सेबाग्राही ,शिक्षक ,उधोगी ब्यबसायी लगायत २४जनाले रक्त दान गरेका थिय ।
उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस उदयपुरको प्राबिधिक सहयोगमा भएको थियो ।

