Monday, April 20News That Matters

बिनोद र महिमाको स्वरमा सैनध्वज दनुवारका तेरो मेरो जिन्दागानी सार्वजानिक

पूर्णपुष्टि, असोज १
गितकार सैनध्वज दनुवारले तिम्रो मेरो जिन्दागानी बोलको गितको भिडियो सार्वजानिक गरेको छ । गितमा आइएमइ लोक स्टार गायक विनोद दनुवार र स्थानीय गायीका महिमा परिवारले स्वर दिएका छन् ।
एक महत्वपूर्ण सामाजिक सन्देश बोकेको यस गितमा जातिय बिभेद तथा छुवाछुत बारे चेतना फैलाउन खोजिएको गितकार सैनध्वज दनुवारले जानकारी दिए ।
काटे रगत सबैको रातै हुन्छ, मान्छे–मान्छेमा भेदभाव किन ? जातिय भेदभाव बिरुद्धको हाम्रो अभियान भन्दै तेरो मोर जिन्दागानी एक सामाजिक सन्देश मुलक गित रहेको गितकार दनुवारले बताए ।गितको शब्द, संगित र निर्देशन दनुवार स्वयम आफैले गरेका छन् । दनुवारले यस भन्दा पहिले पनि थुप्रै गित संगितको सिर्जना गरिसकेको छ ।
भिडियोको सार्वजानिक शुक्रबार एक कार्यक्रमको अयोजना गरी गरिएको छ । त्रियुगा नगरपालिका ८ बैरानी स्थित सामुदायीक सभा हलमा सार्वजानिक गरिएको उक्त भिडियोको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले गरे ।
भिडियोमा अभिषेक विश्वकर्मा, हिरा विश्वकर्मा, बलराम विश्वकर्मा र गरिमा, ममता आदिले अभिनया गरेको छ ।
भिडियो सार्वजानिक आदिम संगित पाठसालाको आयोजना भएको छ । भिडियालाई आदिम चौतारीले प्रस्तुत गरेको छ ।
गितकार दनुवारले यो सामाजिक परिबेश र चेतनामुलक भिडियो भएकाले सम्पूर्ण दर्शक स्रोताहरुको मन खिच्नेमा आफु ढुक्क रहेको बताए । उनले भिडियो हेरी सकरात्मक र नकरात्मक प्रतिक्रिया दिएर अझै सच्चिने र थप हौसाला दिने अवसर दिन समेत अनुरोध गरे ।