पूर्णपुष्टि, पुष २८ गते ।
मोरङको बिराटनगर महानगरपालिका–७ माछापुच्छ्रे बैङ्क नजिकबाट श्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर–१८ का ३६ बर्षीय रवि प्रकाश साह रहेका छन् ।
हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शाहलाई पक्राउ गरेको हो । शाहको साथबाट प्रहरीले ७ लाख ९ हजार रुपैया, बिभिन्न बैङकहरुको एटिएम १४ थान, बिभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार २ सय ३५ रुपैयाको भौचर १० थान, ६ लाख रुपैयाको चेक २ थान, चेक बुक ९ थान र को.२४ प ७९८४ नम्वरको मोटरसाईकल बरामद गरेको हो । पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
