Sunday, May 17News That Matters

बिरामी कुरुवाले गरे डाक्टरमाथि कुटपिट

पूर्णपुष्टि, साउन ४

बिरामी कुरुवा बसेका एकजनाले उपचारमा खटिएका डाक्टरमाथि नै कुटपिट गरेको छ । झापाको मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरूवा हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हो ।

श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा कपुरीमाथि अनावश्यक विवाद गरी कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा टङ्कप्रसाद बाह्रकोटीले बताउनुभयो ।

डा. कपुरीले घटनाका दोषीमाथि कारबाही गरिपाउँ भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले उजुरीका आधारमा घटनाको छानबिन गरी दोषी देखिए कारबाही गरिने छ ।

घटनाको छानबिन भएर दोषीलाई कारबाही नभएसम्म स्वास्थ्यकर्मीले अस्पतालका सम्पूर्ण आकस्मिक सेवा बन्द गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।