
पूर्णपुष्टि, असार ९
एक तर्फ मात्र च्यापेर निर्माण गरिएको बाँध तत्काल सार्न २ नं वडाका स्थानीयहरुले त्रियुगा नगरपालिका सँग माग राखेका छन् । १२ नं वडाले समन्वय गरी लगाईरहेको बाँध निर्माणको काम उचित स्थानमा नभएको भन्दै स्थानीयहरुले बाँध सम्बन्धित स्थानमा सारी निर्माण गर्न वडालाई आग्रह गरेको छ ।
मापदण्ड विपरित लापरर्वाही हिसाबले लगाएको बाँधले स्थानीयहरुलाई सुरक्षित नभई क्षती गर्ने भन्दै मापदण्डको हिसाबले सुरक्षित स्थानमा बाँध सार्न २ नं वडाका स्थानीयहरुले माग गरेका हुन् ।
त्रियुगा नगरपालिका वडा नं १२ बिसनपुर आसपास त्रिवेणी नजिकै बाँधिएको बाँध प्रति अर्का पटि २ नं वडाका स्थानीयहरुले हाल लगाइएको बाँधले आफुहरुलाई बिचल्लीत बनाउने र नम्वरी जग्गाहरु समेतलाई कटान गराएको भन्दै बाँध सार्न माग राखेका हुन् । नदी नियन्त्रण, रोकथाम तथा नदी कटानको कुनै मापदण्ड नबनाई लापर्वाही गरी अर्कापटिका स्थानीयहरुलाई समस्या पर्ने गरी बाँध बाँधिएको भन्दै उनिहरुले बिरोध जनाएका हुन् ।


स्थानीय कृष्ण कुमार राजधामीले ऐलानी जग्गालाई जोगाएर राजश्व तिरिरहेको जनताको नम्बरी जग्गामा नदी कटान हुने गरी बाँध निर्माण गरिरहेको बताए ।
जनताले राजश्व तिरिरहेको नम्बरी जग्गा त सरकारले सरक्षण पो गर्नु पर्ने हो, तर यहाँ त नदी कटान गरिएको छ उनले भने, खोला भित्रै रहेको नम्बरी जग्गा भएपनि नदीलाई नियन्त्रण तथा मापदण्ड विपरित बाँध बाँध्ने हो भने २/४ बर्ष पछि आफ्नो जग्गा निस्कने स्थानीयहरुको भनाई छ । यसरी मनपरी बाँधिएको बाँधले तल्लो साईडको बस्तीलाई पूर्ण क्षेती पुराउने हुँदा बाँध निर्माण गर्दा दुवै पटिका जनताहरुका बिच छलफल गरी काम गर्नु पर्नेमा त्यो नगरिएको स्थानीयहरुको गुणासो छ ।
अर्का स्थानीय गंगाराम राजधामीले नदी बग्ने ठाउँ छाडेर नदी बिचबाटै बाँध निर्माण गरिएकोमा आफुहरुको आपत्ति रहेको जनाएको छ । उनले आफ्नो र अन्य केहि व्यक्तिहरुका जग्गाको कारण मात्र नभई त्यो हिसाबले बाधिँएको तटबन्धनले अन्य वरपरको बस्तीहरुलाई पनि असर गर्ने बताए । उनले आफ्नो नम्बरी जग्गामा मनपरी वालुवाहरु उठाउने र खोला छिराउने प्रयास गरेको बताए ।
नगरले बनाएको फोहोर फाल्ने ठाउँको साईडबाट बाँधिनु पर्ने बाँध फोहरलाई बाहिर फालिएको र बाहिर फालिएको फोहोरको ढंगुरबाट पनि अझै वर सारेर बाँध निर्माण गरिएको स्थानीयहरुको भनाई छ । उनिहरुले फोहोर फाल्नु पर्ने स्थानमा फोहोर नफालिएको त्यो भन्दा बाहिर अन्य ठाउँमा फोहोर फलिएको र बाँध निर्मानलाई भने तल्लो साईड बढी च्यापेर निर्माण गरिएको बताए ।

उनिहरुले बाँध सम्बन्धित स्थानमै निर्माण गर्न नगरपालिका र प्रशासन कार्यालयमा पनि पत्र बुझाएको जनाएको छ ।

स्थानीयहरुका अनुसार वडामा गएर छलफल गर्दा वडा अध्यक्ष जय बिक्रम राईले बाधँ सार्ने आश्वासन दिएको बताएको छ ।
यता १२ नं वडा अध्यक्ष जय बिक्रम राईले चित्त नबुझेको कुरालाई जनताहरुसँग बसेर समधान गर्ने जनाएको छ । चित्त नबुझेका तर्फका स्थानीयहरुलाई जग्गाको प्रमाण सहित छलफलमा आउन पत्र पठाईसकेको अध्यक्ष राईले बताए ।
राईले नदी नजिक बस्तीलाई जोगाउने हिसाबले बाँध निर्माण काम गरिएको बताए । प्रधानमन्त्री रोजगार कार्याक्रम अन्तर्गत कामदारहरुलाई बाँध निर्माणको काम दिएको र बाँध बाँधिनु पर्ने स्थानमै बाँधीएको भएपनि स्थानीयहरुले बिरोध गरेको उनले बताए ।
चित्त नबुझेको कुरा के रहेछ हामी छलफल गर्छौँ अध्यक्ष राईले भने” यसमा चित्त नबुझेको सम्पूर्ण प्रमाण सहित वडामा आउन भनी पत्र पठाएको र समस्या नै हो भने छलफल गरी समधान गर्ने र बाँध सारिने अध्यक्ष राईले बताए ।
राईले उता पटिका स्थानीयहरुले पनि समझदारीमा कुरा गर्नु पर्ने बताए । अरुको कुरामा लागेर बाँध सार्नमा मात्रै ध्यान नदिन अनुरोध गरे । यस समस्या बारे सत्य तथ्य पत्ता लगाएर मात्र समधान गर्ने उनले बताए । अध्यक्ष राईका अनुसार केहि व्यक्तिहरुको जग्गा जोगाउनलाई बिकासको काममा अबरोध गर्न खोजेको समेत बताए । यदि त्यस्तो नियत हो भने कुनै पनि हालतमा विकासको कामलाई आफुहरुले नरोक्ने जनाए ।

