Monday, July 6News That Matters

बिहेको भोज गराएको आरोपमा २ बेहुला पक्राउ

पूर्णपुष्टि, वैशाख ३०

कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेसंगै निषेधाज्ञा गरेको समयमा बिहे भोजको आयोगना गरेको आरोपमा पर्वतबाट दुईजना बेउला पक्राउ परेका छन् ।

कोरोनाको हस्पट जलजला गाउँपालिका–२ का २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियार पक्राउ परेका हुन् ।

मंगलबार बिहे गरेका उनीहरुले बुधबार एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी पर्वतले जनाएको छ । प्रहरीकाअनुसार उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना हरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०–४० गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि भोजमा सहभागी भागाभाग भएका थिए । सबै भागेपछि दुईजना बेहुलालाई समातेर आवश्यक कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।