
पुर्णपुष्टि,असोज २७
बुटुवलमा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एकपुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ९ः४५ बजे मृत्यु भएको बुटुवल अस्पतालले जनाएको छ ।
असोज २ गते ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरीएको थियो। । सोही दिन कोरोना रिपोट पोजेटिभ आएपछि उनलाई सघन कक्षमा राखेर उपचार थालिएको थियो ।

