Sunday, April 19News That Matters

बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा

असोज ४ गते ।

विश्वकै अग्लो भवन बुर्ज अलिफामा पहिलो पटक नेपालको राष्ट्रिय झण्डा फहराएको छ । संविधान दिवसको अवसरमा गतसाँझ युएईको बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको हो ।

विश्वका देशहरुको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको दिन संसारको अग्लो भवन बुर्ज खलिफामा सम्बन्धित देशको झण्डा फहराउने चलन छ ।

ऐतिहासिक दृश्य अवलोकन गर्न भवन वरिपरि हजारौँ नेपालीहरुको भिड लागेको थियो भने अन्य देशका नागरिकले पनि दृश्यको अवलोकन गरेको थियो । बुर्ज खलिफामा नेपालको झन्डा देखिदा नेपालीहरुले ताली बजाएर खुसियाली मनाएको थियो ।

नेपालीको समेत श्रमले बनेको बुर्ज खलिफा भवनमा नेपालको झण्डा फहरिनु गौरवको कुरा भएको भन्दै नेपाली दूतावास र सरकारप्रति युएईमा रहेका नेपालीहरुले आभार प्रकट गरेका छन् ।

राजदुतको जिम्मेवारी सम्हालेदेखि युएई सरकारसँग बुर्ज खलिफामा नेपालको झण्डा फहराउन आग्रह गरेको राजदूत कृष्णप्रसाद ढकालले बताए । विश्वको अग्लो भवनमा इतिहासमै पहिलोपल्ट नेपालको राष्ट्रिय झन्डा झलमलाउँदा गर्वले छाती चौडा र शिर ठाडो भएको उनले बताए ।

नेपालको अनुरोधलाई युएई सरकारले स्वीकार गरेर ठूलो सहयोग गरेको भन्दै राजदुताबासले धन्यवाद दिएका छन् । विभिन्न राजनीति दल संसस्थाका प्रतिनिधिको उपस्थितिमा शुक्रबार दूतावास कार्यालयमा दिवस मनाएको दुतासबासले जनाएको छ ।

आइतबार बोब अल क्युसार होटेलको सभा हलमा एक सय २० देशका प्रतिनिधिको उपस्थितिमा दुताबासले कार्यक्रम गर्ने दजनाएको छ ।