Wednesday, May 20News That Matters

बुवाको हत्या अभियोगमा छोरा पक्राउ

पूर्णपुष्टि,वैशाख ९

बुवाबो हत्या अभियोगमा  सुनसरीमा छोरा पक्राउ परेको छ । बराहक्षेत्र–९ का १७ वर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेको हो । 

बैशाख ७ गते उनले घरयासी बाद बिबाद हुँदा घरमा रहेको तपेश भाडाले आफ्नै बुवा ३८ वर्षीय उपेन्द्र पौडेललाई कोखामा हानी घाईते बनाएका थिए । घाईते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ७ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

उनको मृत्यु पश्चात उमेशलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।