
पूर्णपुष्टि, जेष्ठ १५
सरकारले आर्थिक बर्ष २०७८÷७९ को बजेट बाट बृद्ध भत्ता पनि बढाएको छ । सबै प्रकारका भत्तामा ३३ प्रतिशतले बढाइएको अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले जानकारी दिए ।
यो वर्ष ६७ अर्ब बजेट भएको सामाजिक सुरक्षाका लागि १ खर्ब बजेट विनियोजन गरिएको छ । पहिलो वर्ष नै यो शिर्षकमा ३३ अर्ब दायित्व थप भएको छ ।
आज बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भत्ता बढाइएको घोषणा गरे ।
सरकारले ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ बाट ४ हजार पु¥याएको छ ।
१० समूहले सामाजिक सुरक्षाको रुपमा मासिक भत्ता पाउँदै आएका छन् । जेष्ठ नागरिक दलित, एकल महिला, ७० वर्ष माथिका जेष्ठ नागरिक, तोकिएका क्षेत्रका जेष्ठ नागरिक, विधवा,अपांगता क र ख वर्ग,लोपोन्मुख जाति र वाल पोषणको रुपमा भत्ता दिइन्छ । हरेक समूहअनुसार मासिक रुपमा पाउने भत्ताको दर पनि फरक रहेको छ ।
