
झापा, असार ३१
झापामा गत शनिवार खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । भद्रपुर–३ निबासी ३३ बर्षीय हिरण राई शनिवार अपरान्ह साढे ४ बजे घर नजिकै रहेको मेची खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएको थियो ।
बेपत्ता भएपछि उनको खोजी गर्ने क्रममा हिजो दिउसो साढे १ बजे कचनकबल गाउँपालिका–५ बागाडागी स्थित मेची खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
