Friday, June 12News That Matters

बेलका नगर प्रमुखमा जितेको कार्कीले ७४ मा आफैलाई हराएका एमालेका थापालाई पराजित गरे

पूर्णपुष्टि, जेष्ठ ४
बेलका नगरपालिकामा भर्खर मत गणाना सकेर अन्तिम मत परिणामा सार्वाजानिक गर्दा कांग्रेसका अशोक कार्कीले नगर प्रमुखमा बिजयी हाँसिल गरे । उनले आफ्नो निकटतम प्रतिद्धन्दी नेकपा एमालेका निवर्तमान मेयर समेत रहेका दुर्गा कुमार थापालाई अत्यादिक मतान्तरले पराजित गर्दै बेलका नगरको प्रमुख पद आफ्नो पोल्टोमा पारे ।
हाल बिजयी कार्की ७४ सालमा हाल पराजित भएको थापा सँगै पराजित भएका थिए ।

तर ५ बर्ष पछि उनले फेरी उनै थापालाई पराजित गर्दै नगर प्रमुखको कुर्सि सुरक्षित गरे । थापाले यो पटकको चुनावमा निकै नमज्जाले हार ब्यहोरे । सुरुमा जित्ने कुरामा हौसिरहेका थापाले पछिल्लो समय हार्ने संकेत दिँदै आएको थिए । एक तिहाँई मत नगन्दै सुरु बाट पछि परेको थापाले बिचमै आफुले हार्ने संकेत गरेर फेसवुमा स्टाटस लेखेका थिए । उनले आफ्नै पार्टी बाट अन्तरर्घात भएको जनाउँदै पोष्टहरु गरिरहेका थिए । नेपाली कांग्रेसका आशोक कार्कीले १०१२० मत प्राप्त गरे भने थापाले ६९८० मत ल्याउँदै पराजित भए ।

यता उपप्रमुखमा भने एमाले बिजयी बनेका छन् । एमालेका तर्फ बाट उम्मेदवार दिएकी जिरा राईले मेयर पद सुरक्षित गर्न सफल भईन् । राईले माओवादी केन्द्रका मनोज तामाङलाई पराजित गर्दै उपमेयरमा विजयी हाँसिल गरिन् । राईले ८२७६ मत ल्याएर विजयी भईन् तामाङ्गले ७४९५ मत मात्र प्राप्त गरे । मेयरमा बिजयी कार्की संयुक्त गठबन्धनबाट उम्मेदवार हुन् । उनि कांग्रेस र माओवादीबाट उम्मेदवार बनेका थिए ।