
पूर्णपुष्टि,चैत्र २१ । “विकास,सुशासन र संमृद्धिका लागि सञ्चार” भन्ने मुलनाराका साथ उदयपुरको बेलकामा आयोजित ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । बेलका मिडिया प्रा।लिको आयोजनामा र बेलका नगरपालिका रामपुरको सहयोगमा गत चैत्र १७ गते देखि संञ्चालन भएको तालिम आज सम्पन्न भएको हो ।
नगर क्षेत्रका सबै वडामा कम्तिमा एक जना पत्रकार उत्पादन गर्ने उदेश्यका साथ आयोजना गरिएको तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्का,पत्रकार हिमाल दाहाल र रञ्जना पौडेलले गरेको आयोजक संस्थाका अध्यक्ष भरत घिमिरेले बताए । उनका अनुसार स्थानीय वरपिपल माध्यमिक बिद्यालयको सभाहलमा आयोजित तालिममा नगरपालिकाका–९, वटै वडाका तीस जना युवाहरुको उपस्थिति रहेको संस्थाका अध्यक्ष घिमिरेले बताए ।
महासंघका अध्यक्ष भरत खड्काले तालिम आफैमा सिपविकास र नयाँ अनुभवको थालनी भएकाले भरपुर उपयोग गर्न आग्रह गरे । उनले पछिल्लो समय पत्रकारिता क्षेत्र प्रति युवाहरुको आकर्षण बढ्दै गएकाले उनीहरुलाई पेसामा टिकाई राख्न महासंघले भूमिका निर्वाह गर्ने बताए ।
समापन कार्यक्रममा बेलका नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामप्रसाद वाग्ले र वडा नम्बर ८ का अध्यक्ष तथा कार्यवाहक मेयर जयकुमार राई लागएत अन्य विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
