Thursday, May 21News That Matters

बेलकाको क्वारेन्टाइनमा १३ जना थपिए

पूर्णपुष्टि, बैशाख २

बेलका नगरपालिकाको क्वारेन्टाइनमा आज १३ जना थपिएका छन् । काठमाडौंबाट काभ्रे हुदै आएका १३ जना क्वारेन्टाइनमा राखिएको हो  ।

पालिकाले दुई ठाउँमा क्वारेन्टाइन निर्माण गरेकको छ । वडा नं. २ को बानडाँडा र वडा नं. ८ को सप्तकोशी माविमा बनाइएको छ । १३ जनालाई सप्तकोशी मावि क्वारेन्टाइनमा राखिएको हो । उक्त क्वारेन्टाइनमा हिजो राती २ जना आएका थिए भने त्यसअघि देखिका ७ जना थिए । आजको १३ सहित उक्त क्वारेन्टाइनमा २२ जना भएका छन् । उता बानडाँडाको क्वारेन्टाइनमा ९ जना रहेका छन् । उनीहरुको भोली १४ दिन पुग्ने बताइएको छ । यसरी दुबै क्वारेन्टाइनको गरेर बेलकामा आजसम्म ३१ जना क्वारेन्टाइनमा रहेका छन् । थप चार जना आज रातीसम्ममा आउने खबर रहेको पनि बताइएको छ ।

पालिकाले बाहिरबाट आउने आप्mना नागरिकलाई क्वारेन्टाइनमा राखेर स्वस्थ्य चेकजाँच गर्ने र स्वाप परिक्षण गराउने गरेको छ । कोरोना भाइरसको संक्रमणबाट सतर्कता अपनाउन पालिकाले बाहिरबाट आउने नागरिकलाई क्वारेन्टाइनमा लैजाने गरेको छ ।