Thursday, June 11News That Matters

बेलकामा जित सुनिश्चित : गठबन्धनका उम्मेदवार अशोक कार्की

पूर्णपुष्टि, बैशाख २६
उदयपुरको बेलका नगरपालिकामा गठबन्धनको जित सुनिश्चित रहेको गठबन्धनका प्रमुख उम्मेदवार अशोक कार्कीले बताउनुभयो । अशोक कार्कीले भन्नुभयो “बेलकाका जनताले यो चुनावमा तानशाहिलाई भोट हाल्नुहुन्न “उहाँले भन्नुभयो ” एमालेको सरकारले नगरमा भ्रष्टचार गरेकोले जनताले यो पटक हामीलाई भोट दिनुहुन्छ ।”

बेलकाको कोशी टप्पुका जनतालाई माफियासँग मिलेर उठिवास लगाउनेलाई जनताले चुनाव मार्फत सवक सिकाउने भन्दै बेलकामा आफुले ठुलो मत अन्तरले जित निकाल्ने अशोक कार्कीले बताउनुभयो । यस्तै बेलकाका गठबन्धनका तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिनुभएका मनोज तामाङले नगरभित्र ५ वर्षको विचमा एमालेको सरकारले गरेको भ्रष्चारको फाईल खोल्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामी चुनाव जितेपछी नगरमा भएको भ्रष्टचारको छानविन गरी भ्रष्चारीलाई जेल पठाउँछौ ।”