Tuesday, April 21News That Matters

बेलकामा झडप, एक प्रहरी, दूई प्रदर्शनकारी घाईते

पूर्णपुष्टि, साउन १८ ।

उदयपुरकाे बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा दुबै पक्ष घाईते भएका छन् ।

कालाे झण्डा प्रदर्शन गर्दै नगरपालिका धर्नाका लागि अघि बढेकाे भिडलाई राेक्न खाेज्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएकाे हाे ।

झडपमा नेपाल प्रहरीका जवान राजकुमार बुढाथाेकी घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ बेनपा ५ का ३७ वर्षिय रविन राई र बेनपा ९ का ६२ वर्षिय महेन्द्रबहादुर निराैला घाईते भएका हुन् ।

काेभिड १९ काे कारण हुलहुज्जत गर्न प्रतिबन्धित क्षेत्रमा हुलहुज्जतका साथ नगरपालिका धर्नामाा अगाडि बढेकाहरुलाई गेटमा राेक्न खाेज्दा प्रदर्शनकारिले ढुंगामुढा गरेकाे र प्रहरीले स्थितिलाई नियन्त्रण गर्न सामान्य बल प्रयाेग गर्नु परेकाे उदयपुर प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले बताउनुभयाे ।

हाल जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे थप सुरक्षा बल खटेर बेलकाकाे स्थिति सामान्य बनेकाे बताईएकाे छ ।

केहि दिनअघि उपमेयर राजकुमारि चाैधरीले भ्रष्टाचारलाई इंगित गर्दै फेसबुक स्टाटस् सार्बजनिक गरेपछि पारदशिताकाे माग गर्दै धर्ना दिन एक  समुह अाएकाे हाे । उपमेयर चाैधरीले भने फेसबुक स्टाटस्काे अभिव्यक्ति फिर्ता लिएकाे भन्दै विज्ञप्ति जारि गरिसकेका छन् ।

तस्विरहरु