
बेलका, भाद्र १८
बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्ती)ले नगरको नियमित कार्यक्रम अन्तर्गत रहेको जनतासंग जनप्रतिनिधी कार्यक्रममा नगरवासीलाई जग्गाको धनीपुर्जा दिलाएरै छाड्ने बताउनुभएको छ ।

बेनपा– ८ को हात्तिसुडे टोल बिकास संस्थाको आयोजनामा भएको सो कार्यक्रममा नगरका जनतालाई जग्गा धनि पूर्जा दिलाएरै छाड्ने बताउनुभएको हो । मयेर थापाले, नगर सरकारले जग्गाको धनीपुर्जा नगरपालिकाबाट नै बितरण गर्नेमा जनतालाई विश्वस्त पार्नु भएको थियो ।
स्थानीय तहले धनी पूर्जा बाड्न पाउदैन भनेर भ्रम फैलाउनेहरुले नेपालको संविधान पल्टाएर हर्न वडाध्यक्ष जयकुमार राईले आग्रह गर्नु भएको छ । झुटको प्रचार गर्ने जो कोही पनि वस्तारै आफै पाखा लाग्ने उहाँले बताउनुभयो ।
नगर सरकारको बिकासको काम कार्वाही र जनसमर्थनबाट अत्तालिएका विपक्षीहरुले विभिन्न खालको भ्रमको खेति गर्न थालेकाले सचेत रहन सवैलाई नेकपा नगर सचिव गणेश बस्नेतले अनुरोध गर्नुभएको छ । सिधा सोझा जनतालाई भ्रम पैmलाएर उत्तेजित बनाउने काम छोडेर राम्रो काममा लाग्न सुझव दिएका छन् ।

