Tuesday, July 7News That Matters

बैकिङ कसुर मुद्धाका फरार महिला पक्राउ

पूर्णपुष्टि, पुष २६ गते ।

बैकिङ कसुर मुद्धा र चेक अनादर मुद्दाको फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–९ बस्ने ४४ बर्षीया सिता कुमारी भेटवाल पोखरेल रहेकी छिन् ।

बिराटनगर मोरङको उच्च अदालतको मिति २०७९÷०३÷०१ गतेको निर्धारण फैसला आदेशले ५ लाख रुपैया जरिवाना तोकेको थियो भने चेक अनादर मुद्दामा सुनसरी अदालत ईनरुवाको मिति २०७९÷०२÷०७ गतेको फैसला आदेशले ३ महिना कैद, ३ हजार रुपैया जरिवान तोकेता पनी उनि फरार रहँदै आएकी थिईन् ।

पोखरेललाई गाँउघरमा नै लुकीछिपी बसेको अवस्थामा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले पोखरेललाई सुनसरी जिल्ला अदालतमा दाखिला गरी कैद भुक्तानको लागि झुम्का कारागार पठाईएको छ ।