Monday, April 20News That Matters

बोक्सी आरोपमा दलिद महिलालाई कुटिपिट गर्ने एक पक्राउ

पूर्णपुष्टि, कार्तिक ११
बोक्सीको आरोप लगाई एक दलिद महिलालाई र्निघात कुटपिट गर्ने एक जना युवक सिरहाबाट पक्राउ परेको छ । कल्याणपुर नगरपालिका–१० पर्चिलवाका रामविलाश यादवलाई प्रहरीले बोक्सी आरोप लगाई कुटपिट गरेको अभियोगमा पक्राउ गरेको हो ।

कल्याणपुर–१० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा यादवले कुपिट गरेको आरोप लगाइएको छ ।
पीडितका जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै यादवविरूद्ध गत भदौ १७ गते जाहेरी दिएकी थिइन् ।