Wednesday, May 20News That Matters

बोक्सेमा जारी वडाअध्यक्ष गोल्ड कपको दोस्रो दिन गोल बजार बिजयी

पूर्णपुष्टि, माघ १५ गते ।
त्रियुगा नगरपालिका वडा नं १० बोक्सेमा जारी प्रथम वडाअध्यक्ष गोल्ड कपको दोस्रो दिन गोल बजार स्पोर्ट क्लव बजयी बनेको छ । गोल बजारले पशुपति प्रसाद गण बोक्सेलाई १÷० को अन्तरले हराउँदै खेलमा बिजयी बनेको हो । गोल बजारको तर्फबाट खेलको पहिलो हाफमा जर्सि नं ८ का बिनु मगरले पहिलो गोल गरेका थिए भने गोल बजारकै तर्फबाट पहिलो हाफमै जर्सि नं ७ का सुगम पुलामी मगरले २२ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । दोस्रो हाफको खेलमा पनि सुगम पुलामीले नै फेरी १ गोल थपे । यता बिनु मगरले फेरी दोस्रो हाफ पछि लगतार २ गोल गर्दै ह्याट्रीक गर्दै ५ गोल गर्न सफल भए ।

उता पशुपति प्रसाद गण बोक्सेले भने १ गोल फर्काउन सफल भयो । उक्त क्लवको तर्फबाट भने दोस्रो हाफको ८ मिनेटमा किरण मगरले गोल गर्दै शान्त्वना गोल गर्न सफल भएको हो । खेलको म्यान आफ दी म्याच गोल बजारको तर्फबाट बिनु मगर घोषित भए । उनले नगद १५ सय सहित ट्रफि हात पारेका थिए । भोलीको खेल फ्युजन क्लव बोक्से र प्रोग्रेसिव युवा क्लव फत्तेपुर बिच हुने आयोजकले जनाएको छ ।