
सुनिल राई, उदयपुर–गाईघाट
पूर्णपुष्टि, माघ ३ । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मगर समुदायले माघे सकराति मेला तथा हुर्रा महोत्सव २०८२ मनाएको छ । शनिबार नेपाल मगर संघ त्रियुगा नगर कमिटि उदयपुरको आयोजना र नेपाल मगर संघ वडा कमिटि त्रि.न.पा.– १० को सह–आयोजनामा बोक्सेस्थित गंगा खेल मैदानमा मेला तथा महोत्सव मनाईएको हो ।
‘मगरात सभ्यता र पहिचान दस्तावेजीकरणको दशक मनाऔँ, गरौँ मगर हुनुमा गर्व’ प्रकृती–पित्र–चेली पुजाको मूल सांस्कृतिक चाडको रुपमा मनाऔँ माघेसकराति पर्व’ भन्ने मुल नाराका साथ आयोजना गरिएको माघेसकराति मेला तथा हुर्रा महोत्सवको उद्घाटन त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नतेले गरेका हुन् ।
यस महत्सवमा मगर नृत्य, सांस्कृतिक झाँकी नृत्य प्रस्तुत गरिएको थियो भने लोकप्रिय गायक सागर आले मगर, शिब थापा मगर र गायिका पुजा क्यापछाकी मगरको बेजोड प्रस्तुतीमा हुर्रा नृत्य भएको थियो । माघे सकराती सँगै मगर समुदायको मिनाम ल्हेस ५०१९ सुरु भएको छ ।



