
पूर्णपुष्टि, असोज ११ गते ।
जिल्ला उद्योग बाणिज्य संघ उदयपुरले राष्ट्रबैंकले ब्याजदर नघटाए आन्दोलन गर्ने चेतावनी दिएको छ । आज संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै संघले ब्याजदर एक अंकको बताउन माग गरेको छ ।
संघले आजै जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रबैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाउदै ब्याजदर घटाउन माग गरेको थियो । जिल्ला उद्योग बाणिज्उ संघ उदयपुरका अध्यक्ष चुडामणी कार्कीले चर्को ब्याजदरको कारण ब्यापारीले आत्महत्या गर्ने सम्मको अबस्था सृजना भएको भन्दै सरकारलाई सम्वेदनशील बन्न आग्रह गरेका थिए । 
