Saturday, June 27News That Matters

ब्याड्मिन्टन खेल सकियो, यी खेलाडीहरु भए विजेता : प्रथम त्रियुगा खेल महाेत्सव

पूर्णपुष्टि, फागुन २५ ।

प्रथम त्रियुगा खेलकुद महोत्सव २०७७ मा ब्याड्मिन्टन प्रतियोगितामा खुल्ला मेन्स डबल्सतर्फ हिमाल श्रेष्ठ र सरोज खवासको जोडी प्रथम भएको छ । भेट्रान्सतर्फ दिपक राई र गोविन्द थापाको जोडी प्रथम भयो भने १७ वर्ष मुनिका सिंगल खेलतर्फ सौरभ ठकुरी प्रथम भएको आयोजकले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहाल र सशस्त्र प्रहरी एसपी सुधिर सुवेदीकाे जाेडीलाइ पुरस्कार वितरण पछि तस्विरमा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइ

दोस्रो स्थानमा खुल्लातर्फ दिपक राई र गोविन्द थापाको जोडी भए । भेट्रान्सतर्फ चित्र थापा र कालुप्रसाद उराव भए भने १७ वर्षमुनिका सिंगलमा प्रतिश राई (बुद्ध) दोस्रो भए ।

खुल्ला खेलतर्फ तेस्रो स्थान हाँसिल गर्ने दुईजोडीहरुमा बादल खतिवडा र मनोज खड्काको जोडी तथा चित्र थापा र बसन्त कटुवालको जोडी भए । त्यस्तै भेट्रान्सतर्फ दिपक खनाल र लिलाराम पौडेलको जोडी तथा भिमबहादुर दाहाल र सुधिर सुवेदीको जोडी तेस्रो भए । १७ वर्षको मुनिको खेलमा तेस्रो रुमुहाङ राई र अनुप कार्की भए ।

विजय खेलाडीहरुलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई, ११ नं. वडाध्यक्ष विश्वराज भट्टराई, जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहाल, सशस्त्र प्रहरीका एसपी सुधिर सुवेदीले नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाण पत्र वितरण गर्नुभयो ।

खुल्ला र भेट्रान्सका प्रथम, दोस्रो र तेस्रो विजेताले नगद पुरस्कार क्रमशः १५ हजार, १० हजार र ५ हजार प्राप्त गरे भने १७ वर्ष मुनिका विजेताले क्रमशः १० हजार ७ हजार र ५ हजार प्राप्त गरे ।

प्रथम त्रियुगा खेल महोत्सव अन्तर्गत ब्याड्मिन्टन खेल उपसमितिका संयोजक दिपक किरातीका अनुसार प्रतियोगितामा खुल्ला मेन्स डबल्सतर्फ ३८ जोडीले भाग लिएका थिए । भेट्रान्स तर्फ १४ जोडीले भाग लिएका थिए भने १७ वर्ष मुनिको सिंगल खेलमा ८ जनाले भाग लिएका थिए ।

पुरस्कार वितरण समाराेहका अन्य तस्विरहरू :

खुल्लातर्फ प्रथम हुन सफल हिमाल श्रेष्ठ र सराेज खवासलाइ पुरस्कार प्रदान गर्दै मेयर बलदेव चाैधरी
भेट्रान्समा प्रथम र खुल्लामा दाेस्राे स्थानमा विजेता हुन सफल दिपक राइ र गाेविन्द थापाकाे जाेडी
१७ वर्ष मुनिकाे खेलमा दायाँबाट क्रमशः प्रथम, दाेस्राे र तेस्राे स्थानमा विजेता खेलाडीहरू