
पूर्णपुष्टि, साउन २१
मोरङ पथरी शनिश्चरे नगरपालिका १ गुद्री बजार स्थितबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अक्षय माझी रहेका छन् ।
हिजो बेलुका साँढे ७ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले माझीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ४ मिलिग्राम सहित नियन्त्रण्मा लिएको हो । पक्राउ परेका माझीको थप अनुसन्धान भइरहेको छ ।
