Wednesday, July 1News That Matters

ब्राउन सुगर सहित युवक पक्राउ

पूर्णपुष्टि, फागुन २२ ।झापाको मेचीनगर नगरपालिका–६ मेचीपुल स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम नगरपालिका–१२ का २४ बर्षीय सुजन बाला राई रहेका छन् ।

हिजो दिउँसो साढे ३ बजे प्रहरीले राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा राईको साथबाट ४४ ग्राम ब्राउन सुगर बरामद भएको थियो । ब्राउन सुगर बरामद भएसँगै राईलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।