
झापा, चैत्र २ गते ।
झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेको छ । भद्रपुर नगरपालिका–५ बाट शनिबार लागुऔषध ब्राउन सुगरसहित बमबहादुर तामाङ पक्राउ परेको हो ।
बिर्तामोड नगरपालिका–८ निबासी ३८ बर्षीय तामाङलाई ४ ग्राम एक सय ३० मिलिग्राम ब्राउन सुगर सहित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटेका प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
