Wednesday, May 20News That Matters

ब्राउन सुगरसहित १ जना पक्राउ

झापा, फागुन– २०

झापाको भद्रपुरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ । भद्रपुर नगरपालिका –६ का २६ बर्षीय बिशाल मण्डललाई ब्राउन सुगरसहित पक्राउ परेको हो ।

भद्रपुर –५ स्थित बसपार्कबाट बुधबार दिउसो पौने ३ बजे लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर १७ ग्राम, डिजिटल तराजु थान १, भिभो कम्पनीको मोबायल फोन थान २ र डब्ल्यूवी ७४ ए क्यू ३८६४ नम्बरको स्कुटर सहित मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको  छ ।