Wednesday, April 22News That Matters

ब्रोदर्श फुटबल क्लब दोस्रो सेभेन ए साईड फुटबल प्रतियोगिताको फाईनलमा

पूर्णपुष्टि, साउन १८ । बोक्सेमा जारी दोस्रो सेभेन ए साईड फुटबल प्रतियोगिताको फाईनलमा (आयोजक) ब्रोदर्श फुटबल क्लब प्रवेश गरेको छ । बिहिबार गंगा खेल मैदानमा भएको दोस्रो सेमिफाईनल खेलमा ब्रोदर्श फुटबल क्लबले बुद्ध युनिटि फुटबल क्लबलाई ५–१ गोल अन्तरले हराउँदै अन्तिम दुईमा स्थान बनाएको हो ।

ब्रोदर्श फुटबल क्लबका लागी जर्सि नं. ११ का सुनिल खड्काले ४ गोल गरे भने जर्सि नं. १५ का सन्दिप लिम्बुले १ गोल गरे । त्यस्तै बुद्ध युनिटि फुटबल क्लबका लागी जर्सि नं. १० का एलन राईले सान्त्वना गोल गरे । यस खेलको म्यान अफ द म्याच ब्रोदर्श फुटबल क्लबका सुनिल खड्का बने । उनले नगद रु. १ हजार सहित मेडल प्राप्त गरे ।

यस अघि दमौटी फुटबल क्लबले शिशवारी फुटबल क्लबलाई हराउँदै फाईनलमा प्रवेश गरिसकेको छ । फाईनल खेल ब्रोदर्श फुटबल क्लब र दमौटी फुटबल क्लब बिच भोली (शनिबार) हुनेछ । यस प्रतियोगिताको विजेता टिमले नगद रु. ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेता टिमले नगद रु. २० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।