
पूर्णपुष्टि,मंसिर २४
झापा र मोरङ जिल्लाको सिमानाँका अवैध रुपमा भन्सार छली गरी ल्याएका करिव ३ लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको छ ।
विशेष सुराकका आधारमा हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले सामान बरामद गरेको हो ।
भारतिय बजार पानीटंकीबाट खरिद गरी भन्सार छली गरेर ल्याएको १ लाख ४ हजार मुल्य बराबरको बिभिन्न आइटमका लत्ता कपडाहरु मेचीनगर–७ सतिघट्टा एरियाबाट बरामद गरेको प्रहरीले जनाएको छ ।
