
असोज ४ गते ।
चितवनका एक वडाध्यक्षको निधन भएको छ । भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुरमान गुरूङको निधन भएको हो ।
६६ वर्षीय गुरूङ पेटको क्यान्सरबाट पीडित थियो । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शनिबार विहान निधन भएको थियो ।
दुई महिना अगाडी मात्रै गुरूङलाई क्यान्सर भएको पत्ता लागेको थियो । गुरूङ तत्कालीन एमालेबाट वडाध्यक्षमा विजयी भएको थियो ।
गुरुङको छोराहरु विदेशमा रहेकाले उनीहरु आएपछि मात्रै अन्त्येष्टि गरिने परिवारले जनाएको छ । गुरुङको पार्थिव शरीर भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
