Friday, May 22News That Matters

भरतपुरमा दुई पक्ष विच धकेलाधकेल भएपछि मतदान स्थगित

पूर्णपुष्टि,वैशाख १० । भरतपुरको एक मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरु विच नाराबाजी भएपछि एक केन्द्रको मतदान स्थगित भएको छ । भरतपुर–११, स्थित नयाँ किरण माविमा मतदान स्थगित भएको हो।

पार्टीका उम्मेदवार लामिछाने उक्त केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेका थिए । लामिछानेका समर्थकले नारा लगाएपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध गरेका थिए ।

सो क्रममा दुई पक्षबीच धकेलाधकेल भएको थियो । रास्वपाले उक्त धकेलाधकेलमा आफ्ना केन्द्रीय सदस्य दीपक बोहोराको मोबाइल फुटाइएको बताएको छ । धकेलाधकेल भएपछि लामिछाने फेसबुक लाइभमा आएर आफू त्यहाँ पुग्दा समर्थकले सामान्य रूपमा स्वागत गरेको बताए । उनले भने मंसिरको चुनाव आफू मतदान केन्द्रमा पुग्दा योभन्दा ठूलो स्वागत भएको उनले बताएका छन् ।

उनले मतदानलाई शान्तिपूर्ण तरिका सम्पन्न गर्न अरू दलका कार्यकर्ताले आग्रह गरेका छन्।