Wednesday, May 20News That Matters

भरुवा बन्दुक र बदेलसहित ४ जना पक्राउ

सुनसरी, माघ १७ गते । 

सुनसरीको धरानबाट दुई थान भरुवा बन्दुक र मरेको बदेलसहित चार जना पक्राउ परेको छ । धरान उप–महानगरपालिका–६ बाट बन्दुक र बदेलसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

प्रहरी चौकी पानवारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले बिहान राती १ बजे धरान–६ स्थित गौडे आहालको जंगलबाट निस्कदै गरेका धरान–६ पानवारीका ३० बर्षीय मणि तामाङ, २६ बर्षीय सिद्धार्थ राई, ३९ बर्षीय राम बहादुर योन्जन र ३० बर्षीय शम्भु दाहाललाई  चेकजाँच गर्दा उनीहरुकोे साथबाट दुई नाल भरुवा बन्दुक र मारेको करिव ६ किलो वजन भएको बदेल बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले प्रयोग गरेको को २० प ८७१६ र ना १४ प ६४३३ नम्बरका मोटर साईकल समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।