
पूणर्पुष्टि, मंसिर ९
भरुवा बन्दुक सहित उदयपुरको कटारीबाट २ जना पक्राउ परेको छ । उनिहरुलाई कटारी बाट खटिएको प्रहरी टोलीले बिषेश सुराकीको आधारमा कटारी नगरपालिका ७ स्थित मर्जेतपुरबाट सोमवार पक्राउ गरेको हो । पक्रउ पर्नेमा उनिहरुको साथबाट एक नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कटारी नगरपालिका ७ मर्जेतपुर बस्ने वर्ष ३० को रुद्र बहादुर तामाङ र बर्ष ३४ को कृष्ण बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उनिहरुलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ ।
