
ईलाम माघ १७ गते ।
ईलामको माङसेवुङबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । माङसेवुङ गाउँपालिका–३ निबासी २२ बर्षीय बिशाल राई र २३ बर्षीय शिव कुमार राई पक्राउ परेका हुन् ।
गाउँमा शंकास्पद गतिबिधीहरु गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटेको प्रहरी टोलिले दुई थान भरुवा बन्दुक र एक सय ५० ग्राम बारुदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
