
पूर्णपुष्टि, कात्तिक २४
यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको छ ।
मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।
