
पूर्णपुष्टि, जेठ १६ गते ।
आफ्नै भाउजुमाथि पेट्रोल छर्केर आगो लगाई भागेका देवर पक्राउ परेका छन् । सप्लरीको बोदे बसाई नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर साहलाई भाउजुलाई आगो लगाएको अभियोगमा पक्राउ परेका हुन् ।
उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई २१ माघ २०७८ मा घरमा खानापकाई रहेको अवस्थामा जिउभरि पेट्रोल छर्की आगो लगाएका थिए ।
राजकुमारको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । भाउजुको मृत्युपश्चात् राजन फरार रहँदै आएका भिए । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बोदे बसाईनबाट खटिएका वरिष्ठ नायव निरीक्षक सुरेश पालको नेतृत्वको टोलीले पक्राउ गरको हो ।
