
पूर्णपुष्टि, माघ २१
बिशेष अदालतले २ करोड धरौटीमा भाटभटेनी सुपर मार्केटका संञ्चालक मिनबहादुर गुरुङलाई छाड्न आदेश दिएको छ । ललितानिवास जग्गा हिनामिनाको अभियोगमा गुरुङबिरुद्ध ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
व्यवसायी गुरुङमा जग्गा हिनामिनाको अभियोग लागेको करिब एक वर्षपछि बुधबार विशेष अदालतमा भएका थिए । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।
