
पूर्णपुष्टि, असार ३१
कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तिलकेनीका ४२ वर्षीय बिरराम लुहारको कुटपिटबाट ज्यान गएको छ । सामान्य बिवादका कारण उनकै भान्जा २२ वर्षीय गिरधारी लुहारले कुटपिट गर्दा भान्जाको ज्यान गएको हो ।
छिमेकी समेत रहेको दुई बिच के कुरामा कुटपिट भयो भन्ने बारेमा केहि नखुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० सिद्धराज न्यौपानेले बताउनुभयो ।
कुटपटमा संलग्न भान्जा गिरधारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । मृतक लुहारको शव परीक्षणका लागि महाकाली अस्पतालमा पठाएको डीएसपी न्यौपानेले जानकारी दिनुभयो ।
